Posted by aryanadhikari11 on 6 March, 2018 at 21:00
|
|
सफलतामा अगाडी बढ्न हिम्मत दिने प्रेरक भनाइहरु
जीवनमा प्रत्येक व्यक्तिका आ-आफ्नै कथा हुन्छन् । व्यक्तिले आफ्नो त्यो कथालाई कसरि हेर्छ, त्यसलाई आफ्नो जीवनमा कसरि पतिबिम्बित गर्छ त्यही आधारमा उपलब्धिहरु हासील गर्छ।
यहाँ सकारात्मक र लक्षित उपलब्धि हासिल गर्न उत्प्रेरणा दिने केहि भनाइहरु उल्लेख गरिएको छ :
जुन कुराले तिमीलाई समस्यामा पार्छ, त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ। – जोन लक
मानिसहरुको बारेमा कम उत्सुक बन र काम तथा योजनाको बारेमा बढी उत्सुक बन। – म्यारी क्युरी
सकारात्मक र राम्रो विचार भएर मात्र हुँदैन, त्यसलाई प्रयोग गर्नु महत्त्वपूर्ण कुरा हो। – रेने डेकार्ट
तिमीले पहिले जे गरिसकेकोछौ, त्यही मात्र गरिरह्यौ भने, तिमीले जे पाएका छौ, त्यही मात्र पाइरहने छौ। – टोनी रबिन्स
सानो कुरालाई महत्व दिएर राम्रो गर्नुले नै साँचो अर्थमा ठूलो सफलता तथा महानता मिल्छ। – चार्ल्स साइमन
तिमीले जुन कुरा गर्न सक्दैनौ, त्यो कुराले, तिमीले जुन कुरा गर्न सक्छौ, त्यस कुरालाई असर गर्न नदेऊ। – जोन वुडन
कुनै पनि काम आफैले आफूलाई असम्भव बनाउन सक्दैन। त्यो कामलाई सम्भव बनाउने की असम्भव बनाउने, काम गर्ने व्यक्तिमा भर पर्छ।– स्टेफेन हकिंग
भगवानले तिमीलाई ओखर दिएका हुन्छन्। त्यसलाई फुटाउने काम तिम्रो हो। – फ्रंज काफ्का
हामी प्रत्येक व्यक्ति सक्षम छौं। फरक यो हो की, हामीले हाम्रो सक्षमतालाई कसरि प्रयोग गर्छौं। – चार्लोट व्हिटन
यसरि विश्वास गरेर काम गर की मानौं त्यो असफल हुन नै असम्भव छ। – चार्ल्स केट्रिंग
Â
Oops!
Oops, you forgot something.