Posted by aryanadhikari11 on 6 March, 2018 at 20:55
|
|
उत्कृष्ट दश चाणक्य निति
१, खोटो मित्रको त विस्वास नै गर्नुहुदैन र सही मित्रको पनि किनभने कुनैपनि मित्रले कुनैबेला रिसाएर आफ्मना सारा गोप्य रहस्य प्रकट गर्न सक्दछन् ।
२, बुद्धिमान मानिसले आफ्ना सन्तानलाई अनेकौ प्रकारका ज्ञान र सीप सिक्न लगाउनुपर्छ किनभने नीति जान्ने र असल गुणले युक्त व्यक्ति नै कुलमा पुजनिय हुन्छन् ।
३, छोराछोरीलाई पूल्पुल्याउदा दोशहरु बढ्छन् र हप्काउदा गुणहरु उत्पन्न हुन्छन त्यसैले छोराछोरी वा शिक्ष्यलाई बेला बेलामा हप्काई दप्काई गर्नुपर्छ ।
४, जो आत्मसंयमित हुन्छ, उही जितात्मा हो ।
५, शाशकले आफु योग्य भएर मात्र योग्य व्यीक्तहरुका सहायताले शासन चलाउनुपर्छ ।
६, स्वाभिमानी मानिसले मन पराएको कुरामाथी पनि पुनर्विचार गर्नुपर्छ ।
७, आफन्त नै नभएपनि विनयशिलता नभएका व्यक्तिसित सल्लाह लिनु हुदैन ।
८, छलकपट नभएका शुद्ध मनका व्यक्तिहरुलाई नै मन्त्री बनाउनु पर्दछ ।
९, विचार गोप्य नराख्नाले हुनै लागेको काम पनि विग्रन्छ ।
१०, मन्त्रलाई सधै उपायहरुबाट जोगाउनुपर्छ ।
Â
Oops!
Oops, you forgot something.