Email: [email protected]                                                                                                                                                           www.aryanadhikari.webs.com
Twitter: https://www.twitter.com/aryanadhikari9                                                                                     Contact: +977-9843640287, 9880156397

                                                           Aryan Adhikari (Narayan)                                                               

Blog

view:  full / summary

Quote

Posted by aryanadhikari11 on 6 March, 2018 at 21:30 Comments comments (0)

बिश्व प्रशिद्द भनाईहरु

१,कुलीन कन्या कुरुप भए पनि बिबाह गर्नु, सुन्दर तर तल्लो संस्कार भएकी स्वास्नी मानिस संग कहिले बिबाह नगर्नु – (मनु)

२, एक थोपा मसिले लाखौं मानिसमा विचार उत्पन्न गर्न सक्छ -(वयरन)

३, तिमि छोटो समयको लागि जनताहरुलाई मुर्ख बनाउन सक्छौ, केहीलाई सँधैका लागि बनाउन सक्छौ तर सबैलाई सधैका लागि मुर्ख बनाउन सक्दैनौ – (अब्राहम लिंकन )

४, ठुलो मानिसका लागि जेल बनाउनु भन्दा बालकका लागि स्कुल बनाउनु बेस हो- (एलिजा कुक )

५, मलाई असल आमा देऊ म तिमीलाई असल राष्ट्र दिन्छु -(नेपोलियन )

६, ईश्वर भ्रस्ट हुन्छ तर ईर्ष्यालु हुदैन -(आइस्टाइन)

७, कसै बाट उपकार माग्नु आफ्नो स्वाभिमान बेच्नु सरह हो -(गान्धी )

८, जति लाभ भयो उति लोभ बढ्दछ -(उत्तरा ध्ययन)

१०, कपाल फुल्दैमा कोहि बुढो हुदैन -(मनु स्मृति )

११, सत्य पाउनु भन्दा जोगाउन कठिन हुन्छ-(हजारी प्रसाद दिब्बेदी)

१२, ठिक समयमा गरिएको थोरै कामले पनि धेरै प्रतिफल दिन सक्छ -(योग बशिस्ठ)

१३, भोको भए पनि बाघले घाँस खाँदैन -(चाणक्य )

१४, बिपरित अबस्थामा पुगेको बेला मित्र पनि सत्रु बन्न सक्छन -(क्षुद्रक)

१५, किराले अन्नलाई जस्तै कपट्ले मानिसलाई नस्ट गर्छ -(साईबाबा)

१६, आफ्नो सामु अरुको निन्दा गर्नेले अरुको सामु आफ्नो पनि निन्दा गर्दछ – (शेख सादी)

१७, कसैको गुणलाई प्रशंसा गर्न समय खेर नफाल उसको गुणलाई अपनाउने प्रयत्न गर -(कार्ल मार्क्स)

१८, मैले नेपालको हिमाल चिनेको छु, सबै भन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु -(माओ)

१९, जब कुनै क्षणमा रिस उठ्न थाल्छ, त्यसबेला त्यसको परिणाममा बिचार गर – (कन्फ्युसियस)

२०, क्रान्ति सानो चिज होइन, तर सानो चिज बाट सुरु हुन्छ -(अरस्तु)

२१, मेरा प्यारा सैनिकलाई संसारका कुनै सेना संग लडाउन रत्तिभर पनि डर मान्दिन, तर गोरखा सैनिकको नाम सुन्नसाथ् मेरो मुटु थर्कमान हुन्छ -( जर्मन सम्राट कैजर विलियम )

२२, गोर्खालीहरु साना कदका हुन्छन तर उनीहरुमा अदम्ब्य साहस हुन्छ -(लर्ड नेपियारे)

२३, गोरखा सैनिकले ईतिहाँसमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन् –(एलिजावेथ दित्तिया)

 

Some World's Encouraging Quote

Posted by aryanadhikari11 on 6 March, 2018 at 21:25 Comments comments (0)

विश्वकै उत्कृष्ट उत्प्रेरक भनाईहरू

1) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।

2) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु….… उसलाई साथी बनाएर ।

3) शहर र गाउँमा दुई फरक छन ।

(i). शहरमा घरहरू नजिक तर मनहरू टाढा हुन्छन, गाउँमा घरहरू टाढा तर मनहरू नजिक हुन्छन ।

(ii). शहरमा घर पक्का तर सम्बन्ध कच्चा हुन्छ,गाउँमा घर कच्चा तर सम्बन्ध पक्का हुन्छन ।

4) मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।

5) दुनियामा यौटा पनि समस्या नभएको मान्छे को होला? -एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।

6) क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो बर्षियोस ।

7) कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य ….तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन! यो यौटा कला हो !

8)मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि”समून्द्र कहाँ पर्छ?”

9) नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन।मृत्यु त तब हुन्छ जब पौडिन आउदैन! परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या तब बन्छ जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !

10)परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि-“जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।”

11)यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन….

12)जिवनमा जतिनै दुख परेपनि कहिल्यै नआतिनु किनकी विहान हुनको लागी उषाका किरण संगै शितका थोपा झर्नु पर्छ अनि खुशि हुनको लागी दुई नयनविच ऑशुका थोपा वग्नु पर्छ..!!

13) लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ।

14)तिमी कसैको कामको त्यो बेला आलोचना गर जब तिमी उ भन्दा अब्बल सग काम गर्न सक्छौ । आलोचना भनेको आगो जस्तो हुनुभएन जसले कागजलाई नै खरानी बनाओस् बरु कैची जस्तो होस् । ताकि कागज काटेर आवश्यकता अनुसारको बनाउन सकियोस् !”

15)हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा।

16)देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।

17) )जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन ।

18)मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।

19)कति सम्बन्ध तिहारमा पकाएको सेल जस्तो हुन्छन्। नयाँ हुँदा खासै टेस पर्दैन तर जति बासी भयो त्यत्तीनै मिठो।

20)मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।

21)असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।

22)बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।

23)सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।

24)हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइले टोक्छ ।

25) सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।

26)सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।

27)सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।

28)अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।

29)एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै जव केही सम्झेर खिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ ।

30)जुन रोगको उपचारै छैन त्यही रोगको उपचार गर्ने अनगिन्ती डाक्टर निक्लिन्छन्। अनि जुन समस्याको समाधानै छैन त्यसैको सल्लाह दिने अनगिन्ती सल्लाहकार निक्लिन्छन्।

31)चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा कडापनि। मान्छेपनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा गुलियो, नभए कडा !

32)हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।

33) जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।

34)हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।

35)हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।

36)हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।

37)हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस ..!! तर , यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ

38)” खिचडी ” एउटा यस्तो डीस हो,जुन मान्छेको घरमा कम र दिमागमा धेरै पाक्ने गर्छ!

39)केही झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फल्दिनुस् । तबमात्र तपाईंको साथी सर्कलले भरिएको बगैंचा सुन्दर देखिन्छ।

40)सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ ।

41)तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई

पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।

42) जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।

42)हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

43) साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराको लागि जिन्दगी दिन्छन् ।

44)असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु ।

45)कामलाई भोलीको बाहानामा पन्छ्याउनु नै मानिसको सबैभन्दा ठूलो गल्ती हो ।

46)सफलता त्यो जमिनमुनीको पानी हो जुन सय ठाँउमा एक मिटर खन्नाले मिल्दैन बल्की एक ठाँउमा सय मिटर खन्नाले मिल्दछ ।

47) यो संसारलाई जान्नेहरूले भन्दा बेसी गर्नेहरूले उन्नत बनाएका हुन् ।

48)तिम्रो डर गुरूत्वबल जस्तै हो जसले माथी चढ्न बाधा पुर्याउछ भने तल खस्न सहयोग ।

49)जिन्दगी उनीहरूको बर्बाद हुने हो जसले उन्नत बनाउन कुनै प्रयाश गर्दैनन् ।

50)प्रायः मानिसहरू यो भ्रममा बाचिरहेका हुन्छन् की सफलता संघर्षमा होइन भाग्यमा अडेकोवहुन्छ ।

51)उज्यालोमा त सबैले साथ दिन खोज्छन, तर असल:साथी त्यो हो जसले अध्यरोमा पनि साथ दिन्छ ।

52)प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर; अगाडीको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन् ।

53)आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब’बाहिरी संसार फिक्का लाग्नेछ ।

54)असंभव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।

55)धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ । जब जिन्दगीमा तृप्ती मिल्छ तब साग- सिस्नु नै व्यञ्जन लाग्छ, झुपडी नै महल ।

56)गुलावको बोटमा पनि काडा छ, चम्किलो चन्द्रमालाई पनि कालो दागले छोडेको छैन । देवकोटा पनि चुरोट पिउथे, हेमिंग्वे रक्सी खान्थे । नकरात्मकता हामी सबैभित्र हुन्छ तर हाम्रो प्रयत्न भनेको सकरात्मकताले त्यसलाई जित्नु हो ।

57) हामीले मन्दिरमा पैसा चढाउदैमा कहिल्यै;धर्म हुदैन, धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना गरिरहेका भोका पेटहरूलाई चढाउदामा मिल्छ ।

58)विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल परिवार बदल्नु अघि आफैलाई बदल । आफूलाई बदल्नका लागि आफ्नो सोच बदल । लक्ष्य जती नै उच्च भए पनि सुरूवात आफैबाट गर ।

59)जसले आफ्नो आत्मालाई ढाट्छ, उसले संसारलाई ढाट्न रत्तीभर पनि डर मान्दैन ।

60)निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोचेर बस्नुहुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो पर्खिरहेको छ।

61) नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलतापछि सफलता मिल्छ।

62) कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।

63)सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।

65)यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।

66) एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।

67) हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।

68)सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।

69) यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।

70)हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ ।

71)हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।

72) राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।

73) इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ ।

74)एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।

75)मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथी विजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघी बढ्दछ ।

76) एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।

77) जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।

78)शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसेल विश्व बदल्न सक्दछ ।

79)मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो ।

80) सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो । म त्यसैको खोजीमा छु ।

81)विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ।

82)मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक ।

83)हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ

84) साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।

85)अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।

86)हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।

87)आशा जागा अवस्थाको सपना हो ।

88) शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।

89)हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।

90)म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।

91)जीवनभर हामी तितो टर्रो फिक्का चियासँग लड्छौँ र अन्तिम चुस्कीतिर मात्र चाल पाउँछौ- हत्तेरी, चिनी त कपको पिँधमा जस्ताको तस्तै पो रहेछ । हाम्रो जीवनलाई सबसे मीठो बनाउने सबै चिजबिज हामीसँगै छन मात्र हामीले आफ्नो कपमा चम्चा चलाउन भुलेका हौ, कप मष्तिस्कको प्रतीक हो।

92)हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुन आफैमा मुल्यवान त हुदैन । तर अरू संग जोडिनदा त्यसको मुल्य बढाईदिन्छ।

93)कसैले सोध्यो “जीवन के हो ? ” अति उत्तम उत्तर ,जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ।

94)हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।

95)हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।

96)मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो।

97)यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भने सम्झिनुहोस तपाई सबसे धनी व्यक्ति हो ।

 

Success

Posted by aryanadhikari11 on 6 March, 2018 at 21:25 Comments comments (0)

सफलता

* तिम्रो सफलताको बाधक धन होइन, किनभने चार्ली च्याप्लीन देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।

* तिम्रो सफलताको बाधक विद्यालयी शिक्षा होइन, किनभने थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै गएका थिएनन् ।

* तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढीनुपरेको थियो ।

* तिम्रो सफलताको बाधक शारीरिक असक्षमता होइन -स्टेफन हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग थिए ।

* तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन, किनभने वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्विकार गरेका थिए ।

* तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन एडिसन, अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन बारम्बार असफल भएका थिए ।

* तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसले अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ । तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोचाइ हो, कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो, सुरक्षा खोज्नु हो….।

तिमी सिवाय यो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चाउन सक्ने कुनै दोश्रो ताकत छैन ।

 

Why not I ?

Posted by aryanadhikari11 on 6 March, 2018 at 21:25 Comments comments (0)

म कसो नबनुला ?

– खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।

– ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।

– कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।

– वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।

– सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।

– साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।

– सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।

– भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।

– चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।

– दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।

– कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।

– कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।

– सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।

– लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।

– लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।

– मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।

– घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।

– पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।

– खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।

– अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।

– कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।

– कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।

– गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।

– SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।

– तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने ।

– पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।

– कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।

– स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।

– झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।

– थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।

– तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।

– हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।

– दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।

– कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।

– मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । भने …

 

Arestu's

Posted by aryanadhikari11 on 6 March, 2018 at 21:25 Comments comments (0)

अरस्तुका १० महत्वपूर्ण मननयोग्य भनाईहरु –

१. म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रुलाई जित्दछ ।

२. केही पागलपनको मिश्रण बिना कोही पनि महान् विद्वान बन्न सक्दैन ।

३.. हामी त्यँही सफल र सार्थक बन्छौं जुन काम हामी लगातार गरिरहन्छौं । त्यसैले कामले हैन, लगातार काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पु¥याउँछ ।

४. आशा एक किसिमको जागा अवस्थाको सपना हो ।

५. सबैको लागि साथी कसैको पनि साथी होइन ।

६. शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।

७. हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।

८. साहस विना यस संसारमा तिमीले केही पनि गर्न सक्ने छैनौ । साहस नै सफलताको कसी हो ।

९. असल सुरूवात आधा काम सम्पन्न गर्नु हो ।

१०. हामी शान्तीसँग बस्न सकियोस् भनेर युद्ध गर्दछौ

 

Albert Einstein's Says

Posted by aryanadhikari11 on 6 March, 2018 at 21:05 Comments comments (0)

महान वैज्ञानिक आइनस्टाइनका १० दार्शनिक भनाइ……

संसारका महान वैज्ञानिकहरुमध्ये एक अल्बर्ट आइनस्टाइन, जसले सापेक्षताको सिद्धान्त (Theory of Relativity) बाट ब्रह्माण्डको निमबारे सम्झाएका थिए । आइनस्टाइनको यो सिद्धान्तले विज्ञानको दुनियाँमा फरक पहिचान बनायो । आइनस्टाइन जति महान वैज्ञानिक थिए, त्यति नै ठूला दार्शनिक पनि । त्यसैले त उनका कतिपय सिद्धान्त विज्ञानको दुनियामा मात्रै होइन, मानिसको आमजिन्दगीमा पनि मेल खान्छन् । आइनस्टाइनले विज्ञानका नियमहरुको व्याख्या गर्दै सफलता, असफलता, कल्पना र ज्ञानका बारेमा कैयन यस्ता सुत्रहरु बताएका छन्, जसले जस्तो सुकै कठिनाइको बीचबाट पनि सफलतातर्फ डोहोर्‍याउन सक्छ:

1. हिजोबाट सिक, आजका लागि बाँच, भोलिका लागि आशा राख र सबैभन्दा ठूलो कुरा नजानेको विषयमा सोध्न कहिल्यै नहिच्किचाऊ ।

2. हामी आफ्ना ति समस्याहरुलाई ति विचारबाट सुल्झाउन सक्दैनौँ, जुन त्यसको उपज हो ।

3. कुनै पनि कुरामा तेज हुनुको मतलव धेरै ज्ञानवान हुनु होइन, यसको मतलब त कल्पना र सपना देख्ने छ, भन्ने हुन्छ ।

4. सफलताको सबैभन्दा ठूलो स्रोत अनुभव हो ।

5. जसले आफ्नो सीमा जान्दछ, ऊ त्यहीँबाट अघि बढ्छ ।

6. तर्कले तपाईंलाई A देखि B सम्ममात्रै लैजान सक्छ । जबकी कल्पनाको सहारामा तपाईं जहाँ पनि पुग्न सक्नुहुन्छ ।

7. जीन्दगी जिउने दुईवटामात्रै तरिका छ । पहिलो त कुनै चमत्कार होइन, दोस्रो यो हो कि जुन सबै चमत्कार हो ।

8. जब तपाईंले प्रकृतिलाई नजिकबाट नियाल्नुहुन्छ, तब जुनसुकै कुरा राम्रोसँग बुझ्न सक्नुहुन्छ ।

9. कुनै पनि एउटै कामलाई पटक-पटक गरेर हरेक पटक फरक परिणामको आशा गर्नु मुर्खता हो ।

10. सबैभन्दा पहिले खेलको नियम राम्ररी जान्नुस्, तबमात्रै तपाईं अरुभन्दा राम्रो खेल्न सक्नुहुन्छ ।

 

Some Quotation for the good way of life in Nepali

Posted by aryanadhikari11 on 6 March, 2018 at 21:05 Comments comments (0)

नेपाली भनाइहरू

 जो जो व्यक्ति संघर्ष गरेर बँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् । – चार्ल्स डार्विन

 हामीले विश्वास एउटा कुरामा र काम अर्कै गर्यौ भने हामीलाई सुख कहिल्यै प्राप्त हुदैन । – फ्रेया स्टार्क

 व्यक्तिको पतन र मुक्तिको कारण संसार होइन उसको काम हो । – हितोपदेश

 जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक तरिकाले गर्दछन् । – शिव खेडा

 सफलताको जन्मदाता हो, साहस । – विकन्सफील्ड

 महान् चरित्रको निर्माण महान् विचारबाट हुन्छ । – विवेकानन्द

 सपना नदेखि कुनै काम सुरू हुँदैन । – कार्ल स्याण्डबर्ग

 जो अरू कसैको विचार/तर्क सुन्न चाहदैन, त्यो कट्टर हो ।

जो तर्क गर्न सक्दैन, त्यो मूर्ख हो । र,

जो तर्क गर्ने साहस गर्दैन, त्यो नोकर हो । – ड्रामण्ड

 उनीहरूले मेरो आइडिया चोरे, यसमा मलाई कुनै खेद छैन । बरू मलाई खेद त यस कुरामा छ कि विचरा उनीहरूको आफ्नै कुनै आइडिया नै रहेनछ – निकोला टेस्ला

 काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुदैन । – चाणक्य

 तिमी पलायन हुने प्रयाश नगर, यो दुनिया कायर व्यक्तिको लागि होइन । ” – स्वामी विवेकानन्द

 यदि तपाईसित जित्ने आकांक्षा छ भने आधा जीत भैसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ । ” – डेविड एम्ब्रोज

 सबैले उज्यालोमा मात्र साथ दिने हुन्, अँध्यारोमा त आफ्नै छायाँले पनि साथ दिदैन । – एडोल्फ हिटलर ‘फ्युहरर’

 ऐना मेरो सबैभन्दा असल मित्र हो किनभने म रूँदा यो कहिल्यै हास्दैन । – चार्ली च्याप्लिन

 

Plato's 12 Quotation for Success of Life

Posted by aryanadhikari11 on 6 March, 2018 at 21:05 Comments comments (0)

सफल जीवनका लागि प्लेटोका १२ वाणी

प्लेटो विश्वचर्चित दार्शनिक हुन् । उनी सुकरातका शिष्य र अरस्तुका गुरु हुन् । तर, यी दुईको साथ लिएर प्लेटोले पश्चिमी सभ्यताको बौद्धिक परम्पराको रचना र सुरुवात गरे । पश्चिममा उच्च शिक्षाका लागि पहिलो एकेडेमी स्थापना गर्ने श्रेय पनि उनैलाई जान्छ । इसापूर्व ४२७ मा ग्रिसको राजधानी एथेन्स सहरमा जन्मिएका प्लेटोका थुप्रै पुस्तक र जीवनसम्बन्धी वाणीहरू विश्वचर्चित छन् । सफल जीवनका लागि प्लेटोका केही वाणी यहाँ उल्लेख गरेका छौँ । जसले तपाईंको जीवनमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्न सक्छ :

१. मानिसले सफल हुनका लागि हरसम्भव मिहिनेत गर्छ । विभिन्न हतकन्डा अपनाउँछ, आइडिया निकाल्छ । प्लेटो भने मानिस सफल हुनका लागि तीन चिजको आवश्यकता पर्ने बताउँछन्– इच्छा, भावना र ज्ञान । उनको भनाइअनुसार यी तीन चिजलाई आत्मसात् गरेर अगाडि बढ्ने मान्छे जीवनमा सफल हुन्छ ।

२. मनिसले थुप्रै कामको योजना बनाएको हुन्छ, सपना देखेको हुन्छ । जुन दिनप्रतिदिन फेरिँदै पनि जान्छन् । कतिले आफूले बनाएका योजना कार्यान्वयनमा समेत लैजान सक्दैनन् । तर, प्लेटो भन्छन् कि काम गर्नुको सबैभन्दा महत्वपूर्ण पाटो भनेकै सुरुवात हो । त्यसैले तपाईंले सोचेको कामलाई कार्यान्वयनमा लान थालिहाल्नुस् । जसले जीवन सफल बनाउन भूमिका खेल्छ।

३. अरूलाई पछि पार्न, पराजित गर्न र नंग्याउनका लागि मानिस लागिपर्छ र यस्तो गतिविधि सफल भएमा आफूलाई विजयी ठान्छ । यस विषयमा प्लेटोको फरक धारणा छ । उनी भन्छन्, ‘पहिलो र सबैभन्दो ठूलो जित भनेको आफैँमाथिको विजय हो । तपाईंले भविष्यमा हात पार्ने जितमा यसले ठूलो भूमिका खेल्छ । तर, तपाईं आफैँभित्र पराजयको अनुभूति छ भने त्यस्ता जितले लज्जित बनाउँछ ।’

४. एउटा चर्चित भनाइ छ, ‘स्वास्थ्य नै धन हो’ । प्लेटोको पनि स्वास्थ्यसम्बन्धी महत्वपूर्ण वाणी छ । उनले स्वास्थ्यलाई जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष मानेका छन् । भनेका छन्, ‘स्वास्थ्यप्रति निकै सचेत हुनुस् किनभने स्वास्थ्य जीवनको सबैभन्दा ठूलो बाधा हो ।’

५. मानिस स्वभावैले असन्तुष्ट प्राणी हो । कतिपयले हरेक सफलतालाई समेत असन्तुष्टिको दलदलमा फसाइरहेका हुन्छन् । अरू कसैको देखासिकी र आरिस पनि असन्तुष्टिको कारक हो । प्लेटोले भने सन्तुष्टिलाई महत्वपूर्ण ढंगले प्रस्ट्याएका छन् । भन्छन्, ‘अलिकति सन्तुष्टि पनि तपाईंका लागि निकै ठूलो धन साबित हुन सक्छ ।’

६. मानिस शक्तिमा रहन चाहन्छ । सकेसम्म अरूलाई शोषण गर्न चाहन्छ र यसो गर्न सकेमा सन्तुष्टिको सास फेर्छ । तर, कहिल्यै अरूको सेवा गर्न चाहँदैन, पवित्र मनले मजदुर बन्न सक्दैन । जीवन सफल बनाउनका लागि प्लेटोको अर्को दर्शन हो, ‘जो राम्रो सेवक होइन, ऊ राम्रो मालिक पनि बन्न सक्दैन ।’

७. हामी सानामसिना कामलाई त्यति वास्ता गर्दैनौँ या भनौँ इन्कार नै गर्छौं । ठूल्ठूला काम मात्र मस्तिष्कमा बोकेर हिँड्छौँ र त्यसैअनुसारको महत्वाकांक्षा मनमा सजाउँछौँ । तर, प्लेटोको दर्शनले स–साना कामलाई पनि उत्तिकै महत्व दिएको छ । जुन जीवनका लागि निकै महत्वपूर्ण साबित हुन सक्छ । उनले भनेका छन्, ‘स–साना कामलाई सफलतापूर्वक पूरा गर्नु ठूल्ठूला कामलाई अपूर्ण गर्नुभन्दा धेरै गुणा राम्रो र महत्वपूर्ण हुन्छ ।

८. हामीले भविष्यको लक्ष्य कहिले निर्धारण गर्छौं ? यस विषयमा निकै रोचक दर्शन छ, प्लेटोको । आफ्नो सुरुवाती शिक्षाको समयमै मानिसले भविष्यको लक्ष्य निर्धारण गर्ने बताउँछन्, प्लेटो । शिक्षाअनुसार नै मानिसले आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्ने उनको भनाइ छ ।

९. कैयौँ मानिस आफ्नो जीवन र कामप्रति असन्तुष्टि हुन्छन् । कतिपय त आत्महत्या गर्नसमेत पछि पर्दैनन् । तर, प्लेटो भने जीवनलाई सुन्दर तरिकाले जिउन सुझाब दिन्छन् । भन्छन्, ‘जीवनलाई खेलजसरी जिउनुपर्छ, खेल खेल्दाजस्तै रमाइलो गरी ।’ यसो गर्दा मानिस सफल हुनका लागि प्रेरणा मिल्छ ।

१०. हामीले आफ्नो कुरालाई प्रमाणित गर्नका लागि कतिसम्म एउटै कुरा दोहोर्‍याउन सक्छौँ ? कहिलेकाहीँ त सही कुरा पनि कसैको बहकाउमा बोल्न सक्दैनौँ । तर, सुकरात भन्छन् कि राम्रो कुरालाई दोहोर्‍याउनका लागि कुनै झन्झट मान्नु हुँदैन ।

११. अरू दार्शनिक या महान् व्यक्तिले जस्तै प्लेटोले पनि आत्मविश्वासलाई ठूलो शक्तिका रूपमा वर्णन गरेका छन् । सफल मानिसमा आत्मविश्वासको ठूलो भूमिका रहने उनको भनाइ छ । भनेका छन्, ‘यदि विश्वासका साथ लडेमा हाम्रो शक्ति दुई गुणाले बढ्छ ।’

१२. प्लेटोले भनेका छन्, ‘महान् बन्न चाहेमा स्वयं आफ्नो कामप्रति प्रेम गर्नुपर्दछ । जुन उचित लाग्छ त्यही काम गर्नुपर्छ, न कि अरूले भनेको काम गर्नुपर्छ ।’ उनले यो पनि भनेका छन् कि एक व्यक्ति एकैसाथ थुप्रै काममा सफल हुन सक्दैन ।

 

Some quotation

Posted by aryanadhikari11 on 6 March, 2018 at 21:00 Comments comments (0)

सफलतामा अगाडी बढ्न हिम्मत दिने प्रेरक भनाइहरु

जीवनमा प्रत्येक व्यक्तिका आ-आफ्नै कथा हुन्छन् । व्यक्तिले आफ्नो त्यो कथालाई कसरि हेर्छ, त्यसलाई आफ्नो जीवनमा कसरि पतिबिम्बित गर्छ त्यही आधारमा उपलब्धिहरु हासील गर्छ।

यहाँ सकारात्मक र लक्षित उपलब्धि हासिल गर्न उत्प्रेरणा दिने केहि भनाइहरु उल्लेख गरिएको छ :

 जुन कुराले तिमीलाई समस्यामा पार्छ, त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ। – जोन लक

 मानिसहरुको बारेमा कम उत्सुक बन र काम तथा योजनाको बारेमा बढी उत्सुक बन। – म्यारी क्युरी

 सकारात्मक र राम्रो विचार भएर मात्र हुँदैन, त्यसलाई प्रयोग गर्नु महत्त्वपूर्ण कुरा हो। – रेने डेकार्ट

 तिमीले पहिले जे गरिसकेकोछौ, त्यही मात्र गरिरह्यौ भने, तिमीले जे पाएका छौ, त्यही मात्र पाइरहने छौ। – टोनी रबिन्स

 सानो कुरालाई महत्व दिएर राम्रो गर्नुले नै साँचो अर्थमा ठूलो सफलता तथा महानता मिल्छ। – चार्ल्स साइमन

 तिमीले जुन कुरा गर्न सक्दैनौ, त्यो कुराले, तिमीले जुन कुरा गर्न सक्छौ, त्यस कुरालाई असर गर्न नदेऊ। – जोन वुडन

 कुनै पनि काम आफैले आफूलाई असम्भव बनाउन सक्दैन। त्यो कामलाई सम्भव बनाउने की असम्भव बनाउने, काम गर्ने व्यक्तिमा भर पर्छ।– स्टेफेन हकिंग

 भगवानले तिमीलाई ओखर दिएका हुन्छन्। त्यसलाई फुटाउने काम तिम्रो हो। – फ्रंज काफ्का

 हामी प्रत्येक व्यक्ति सक्षम छौं। फरक यो हो की, हामीले हाम्रो सक्षमतालाई कसरि प्रयोग गर्छौं। – चार्लोट व्हिटन

 यसरि विश्वास गरेर काम गर की मानौं त्यो असफल हुन नै असम्भव छ। – चार्ल्स केट्रिंग

 

Some Idea of Personality Development

Posted by aryanadhikari11 on 6 March, 2018 at 21:00 Comments comments (0)

व्यक्तित्व विकासका उपायहरु

 असल श्रोता

 प्रतिबद्धताप्रति प्रतिबद्ध

 आन्तरिक क्षमता

 नेतृत्व विकास

 नयाँको संगत

 वक्तित्वकला

 प्रस्तुतीकरण

 खतरा सँग नडराउनुहोस/ असम्भव केही पनी छैन

 सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस

 खुसी रहने कोसिस गर्नुहोस

 लक्ष निर्धारण गर्नुहोस

 आफ्नो लक्षमा दृढ रहनुहोस

 केही कुरा पनी सिक्न पछी नपर्नुहोस

 एकताबद्द हुन सिक्नुहोस

 


Rss_feed